कक्षा ११ को बोर्ड परिक्षा नहुने, आन्तरिक परीक्षाका आधारमा प्रमाणपत्र दिने
खबर एक्सप्रेस
२०७७-०३-२१ १२:११ मा प्रकाशित
Total Shares: 472
काठमाडौं - यस वर्ष कक्षा ११ को बोर्ड परिक्षा नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले यस्तो निर्णय गरेका हो ।
निर्णयअनुसार विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिइने भएको छ । यसको कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिएको स्रोतले बतायो ।
कक्षा १२ को विषयमा भने अहिलेसम्म कुनै पनि निर्णय भएको छैन । १२ कक्षा विद्यालय तहको अन्तिम कक्षा भएकाले अनुकुल समयमा बोर्ड परीक्षा नै सञ्चालन गरिने बताइएको छ ।
यसअघि एसईई पनि आन्तरिक मूल्याङ्कनको आधारमा विद्यालयले अंक दिने, शिक्षा विकास तथा समन्वय इकाईले सिफारिस गर्ने र बोर्डले प्रमाणित गरी प्रमाणपत्र दिने व्यवस्था गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस