सुनचाँदीको भाउ बढ्यो
खबर एक्सप्रेस
२०७७-०९-१३ ११:३३ मा प्रकाशित
Total Shares: 421
काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोला ७ सयले बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ४ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले बढेर एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस