एमालेको झन्डा दहन प्रकरण : एक पक्राउ, दुई फरार
दाङ - दाङको तुलसीपुरमा नेकपा एमालेको चुनाव चिह्न अंकित झन्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार फागुन ७ गते राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बिरेन्द्र चोकमा आयोजित भेलाका क्रममा झन्डा दहन गरिएको थियो ।
उक्त भेला रास्वपाका सभापतिलाई स्वागत गर्न आयोजित गरिएको बताइएको छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
सोही अनुसन्धानका क्रममा तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार झन्डा दहनमा संलग्न अन्य दुई जनाको पनि पहिचान भइसकेको छ।
तीमध्ये दुई जना हाल फरार रहेका छन् र उनीहरूको खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस