आज घट्यो सुनको मूल्य, चाँदी स्थिर
खबर एक्सप्रेस
२०७९-०१-०६ १०:५२ मा प्रकाशित
Total Shares: 215
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेर एक लाख दुई हजार एक सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदी तोलामा १ हजार ४२० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस