काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोलामा ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ७ सय रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोलाको एक हजार २ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।