काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीको  पौष १९ गते विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो  साधारण सभाको अध्यक्षता कम्पनी संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए ।

सभाले चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ बोनस शेयर वितरण पश्चात्

कम्पनीको चुक्ता पूजी बृद्धि भई रु.दुई अर्ब ५५करोड दुई लाख ८२ हजार एक सय रुपैया कायम हुने कम्पनीले जनाएको छ ।

सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै संचालक समितिमा संस्थापक शेयरधनी समुह “क” बाट प्रतिनिधित्व गर्ने चार  जना संचालक र  सर्वसाधारण शेयरधनी समूह “ख” बाट प्रतिनिधित्व गर्ने दुई जना संचालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।

संस्थापक शेयरधनी समुह “क” बाट केशव प्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल र विवेक झा निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनी समूह “ख” बाट कृति टिवडेवाल र बीरेन्द्र बाबु श्रेष्ठ निर्वाचित भएका छन्  ।