काठमाडौं उपत्यकामा थपिए ९ सय २ कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७७-०६-१४ ०४:३६ मा प्रकाशित
Total Shares: 341
काठमाडौं - काठमाडौं उपत्यकामा थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका ६ सय ९७ जना, भक्तपुरको ९३ जना र ललितपुरका १ सय १२ जना छन्। उनीहरूको पछिल्लो २४ घण्टामा नेपालमा थप १५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस