लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नक्सा जारी गरिनेछ: राष्ट्रपति
खबर एक्सप्रेस
२०७७-०२-०२ ०६:५८ मा प्रकाशित
Total Shares: 341
काठमाडौं - राष्ट्रपति विद्यादवी भण्डारीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नक्सा जारी गरिने बताएकी छन्।
सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र फिर्ता ल्याउन कूटनीतिक पहल गरिने बताइन्।
‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि हो। यो भूमि फिर्ता ल्याउन ठोस कूटनीतिक पहल गरिनेछ,’ राष्ट्रपति भण्डारीले भनिन्,‘ लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरिनेछ।’
फेसबुक पेज Like गर्नुहोस