डा. केसीलाई काठमाडौं ल्याइयो
काठमाडौं - डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ । नेपालगन्जबाट मंगलबार जहाजमार्फत् काठमाडौं ल्याइएका केसीलाई थप उपचारको लागि ट्रमा सेन्टरमा लगिएको छ ।
दौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका-६ रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा १९ औँ सत्याग्रहमा बसिरहेका केसीलाई शनिबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचारको लागि लगिएको थियो । तर, केसीले त्यहाँ उपचार गर्न अस्विकार गरेपछि काठमाडौं ल्याइएको हो ।
जुम्लाबाट सोमबार समिट एयरमार्फत् केसीलाई नेपालगन्ज ल्याइएको थियो । हिजै काठमाडौं ल्याउने तयारी भएपनि जहाज नपाएपछि केसी त्यही रोकिएका थिए ।
केसीमा रक्तचाप कम, रगतमा चिनीको मात्रा कम देखिएको छ। मांसपेशीहरू बाउँडिने समस्या छ। मुटुको धड्कन पनि अनियमित रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकले बताए ।
स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा सुधान ल्याउन माग गर्दै केसी पटकपटक अनसन बस्दै आएका छन् ।
फेसबुक पेज Like गर्नुहोस