काठमाडौं - उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादबले प्रधानमन्त्री समक्ष राजिनामा दिएका छन् । उनले आजै प्रधानमन्त्रीलाई सम्बोधन गरेर राजिनामा दिएको जानकारी गराएका हुन्।

समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहनुभएका यादबले मन्त्रीपरिषद्को बैठकबाट संविधान संशोधनको पूर्व तयारी स्वरुप लगेको प्रस्ताव अस्वीकार गरिएकोले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको राजिनामा पत्रमा उल्लेख गरेका छन् ।

यसैबीच समाजवादी पार्टीबाट सरकारमा सहभागी अर्का मन्त्री मोहमद इश्तियाक रार्इले पनि पदबाट राजिनामा दिनु भएको छ । उनी शहरी विकास मन्त्री थिए ।