भारतबाट १० दिनभित्र मल आइपुग्छ अभाव हुँदैन : कृषिमन्त्री अधिकारी
काठमाडौं - कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन् ।
कपिलवस्तुको चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलकाताबाट आयात गरिएको मल दस दिनमा आइपुग्ने र अब मलको हाहाकार नहुने बताए ।
उनले भने- ‘मल वितरण गर्दा वास्तविक कृषकलाई प्राथमिकता दिनुपर्छ, ठूलो भूभागमा खेती गर्ने किसानले मल अभावका कारण आर्थिक क्षति बेहोर्नु नपरोस् भन्नेमा हामी संवेदनशील छौँ ।’
नेपाली कांग्रेसका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले सरकारी मल वितरण प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस