काठमाडौं - उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीले सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । फेसबुकमा स्टेटस लेख्दै उनले पद पार्टीलाई हस्तान्तरण गर्ने जानकारी गराएकी हुन् ।

उनले जनतासँग माफी समेत मागेकी छिन् । उनले फेसबुकमा ‘कालो कर्तुतहरूका विषयमा कार्यान्वयन हुँदैन, धिक्कार छ, दुईतिहाइ सरकार’ भनेर लेखेकी छिन् । उनी तत्कालीन नेकपा एमालेबाट उपप्रमुखमा विजयी भएकी हुन् ।

केही समयदेखि नगरपालिकामा कर्मचारीको विषयमा विवाद देखिदै आएको थियो । नगरपालिकामा भएको भ्रष्टाचारका विषयमा बारम्बार कुरा उठाउँदा सुनुवाइ नभएपछि उनले असन्तुष्टि जनाएको बताइएको छ । उनलै औपचारिक रुपमा भने राजीनामा नदिएको बताइएको छ ।