काठमाडौं - व्यवसायी सुलभ अग्रवाल धरौटी बुझाएर रिहा हुनेबित्तिकै पुन: पक्राउ परेका छन् । कालोबजारीसम्बन्धी मुद्दा लागेका उनी अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेबित्तिकै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । 

ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा गत चैत २५ गते पक्राउ परेका अग्रवालविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंले बिहीबार २५ लाख ५० हजार रुपैयाँ  धरौटीमा छाड्न आदेश दिएको थियो ।उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइने उनले बताए । ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा गत चैत २५ गते पक्राउ परेका अग्रवालविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंले बिहीबार २५ लाख ५० हजार रुपैयाँ  धरौटीमा छाड्न आदेश दिएको थियो ।