कर्णाली प्रदेशमा बिहीबार सार्वजनिक बिदा
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 13
सुर्खेत - कर्णाली प्रदेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
कर्णाली प्रदेश सरकारले प्रदेश मन्त्रिपरिषद्को मिति २०८१ चैत १७ गते बसेको बैठक अनुसारचैते दसैँ तथा राष्ट्रिय धान दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको सूचना अनुसार मिति २०८२ साल चैत १२ गते (बिहीबार) चैते दसैँको अवसरमा प्रदेश भरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरूमा बिदा दिइएको छ ।
त्यसैगरी, राष्ट्रिय धान दिवसको अवसरमा जुम्ला जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरूमा समेत सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ।


.gif)



फेसबुक पेज Like गर्नुहोस