प्रधानमन्त्री ओलीको प्रश्नः ‘के अब वकिलले नै न्यायाधीशको फैसला लेख्ने ?’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धन र उक्त गठबन्धनसँग आबद्ध वकिलहरूले संवैधानिक इजलासमा तमासा देखाएको भन्दै आक्रोश पोखेका छन् ।
नेकपा एमाले सम्वद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका ओलीले प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्धय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि रिट निवेदक पक्षका वकिलले प्रश्न उठाएर विवाद गरेको विषयमा आपत्ति जनाएका हुन् ।
‘के अब वकिलले न्यायाधीश तय गर्ने ? हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीशमात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्याउँदैछन् ? यो गम्भीर विषय हो ।’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
यस्तै, प्रधानमन्त्री ओलीले पूर्व प्रधानन्यायाधीशहरूको सक्रियताको पनि आलोचना गरेका छन् । ‘यसअघि न्यापालिकाको नेतृत्व गरेकाहरुको ताण्डव पनि देखिँदैछ । राज्यको पेन्सन खाएर न्यायलापको हुर्मत लिने ? आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने ?’ उनले भने । यस्ता आउटडेटेड इमिमेन्टबाट देशलाई प्रभावित हुन नदिइने प्रधानमन्त्री ओलीको भनाई छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस