मौसम : काठमाडौमा पानी पर्ने
काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रवार देशभरको मौसम सामान्य बदली हुने जनाएको छ।
पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद राजु प्रधानाङ्गले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा क्षणिक पानी पर्ने सम्भावना छ ।
देशका अधिकांश उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
शुक्रवार राति सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू(भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ् र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेको र हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको मौसमविदले बताएका छन् । शनिवार पनि मौसम यस्तै हुने र आइतबारबाट बल्ल सुधार हुने मौसमविद् प्रधानाङ्गले बताए ।
फेसबुक पेज Like गर्नुहोस