काठमाडौं - कोरोना संक्रमित मुलुकवाट संक्रमित मानिससँगै नेपाल भित्रिएकाहरुलाई खोज्न प्रहरीलाई कठिन भएको छ । लकडाउन अघि विदेशबाट आएका चारजनामा कोरोना भाइरस संक्रमण देखिएपछि उनीहरुसँगै आएका नेपाली यात्रुको सम्पर्क कायम गर्न प्रहरीलाई कठिन भएको हो ।
तीन फरक–फरक विमानमा सवार कुल ४ सय ५८ यात्रुमध्ये १ सय ५६ यात्रु मात्रै सम्पर्कमा आएको प्रहरीले जनाएको छ । संक्रमितसँगै विमानमा आएका ३ सय २ यात्रु हाल पनि सम्पर्कबाहिर छन् । उनीहरु आइसोलेसनमा बसेका छन कि बाहिरैछन भन्ने समेत जानकारी पाउन नसकिएको प्रहरीले जनाएको छ ।
दोस्रो र पाँचौं संक्रमित युवतीहरू सवार एयरको विमानका १ सय ५८ मध्ये१ सय ३४ जना मात्रै सम्पर्कमा छन । एअर अरेबियावाट आएका तेस्रो संक्रमित चढेको विमानका १ सय ७० मध्ये २२ मात्रै सम्पर्कमा आएका छन । भारतको दिल्ली हुँदै काठमार्डौं आएका चौथो संक्रमितसँगै आएका १ सय ३० यात्रुको खोजी भइरहेको छ ।
संक्रमितहरुको संख्या थपिँदै जांँदा र खोज्नुपर्नेहरूको सूची लम्बिएकाले प्रहरीलाई कठिन भएको छ । राहदानीमा भएको नाम र हाल बसेको ठेगाना फरक हुँदा पनि यात्रु पहिचान चुनौतीपुर्ण बनेको छ ।

.gif)


