प्रचण्डकी श्रीमती सीता दाहाल अस्पताल भर्ना
खबर एक्सप्रेस
२०७७-०९-१५ ०३:२० मा प्रकाशित
Total Shares: 318
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुश्पकमल दाहाल ‘प्रचण्ड’ की श्रीमती सीता दाहाललाई स्यास्थ्यमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको छ ।
विभिन्न रोगबाट पीडित भएकी उनलाई आज मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी गंगा दाहालले फेसबुकमा लेखेर जानकारी दिएकी छन् । ‘मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी’, उनले फेसबुकमा लेखेर फोटो पोष्ट गरेकी छन् ।
अध्यक्ष प्रचण्ड भने यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि अर्कै समूह बनाएर त्यसविरुद्ध विरोधमा जुटेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस