गुडिरहेको मोटरसाइकलबाटै महिलालाई बाघले थुतेर लग्यो
काठमाडौं - पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने नेपाली सेनाको अम्रेनी चेक पोष्टनजिक गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गरेको छ ।
मोटरसाइकलमा सवार एक महिलालाई बाघले थुतेर लगेको छ । निकुञ्ज स्रोतका अनुसार कैलाली लम्किचुहा नगरपालिका ४ की ५० वर्षीया नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको हो । गएराति करिब १० बजेतिर आमा र छोरा सवार सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाइकल सुस्त गतिमा गुडिरहेको अवस्थामा बाघले पछाडी बसेकी नन्दकलालाई आक्रमण गरेको बताइएको छ ।
हाल नन्दकला वेपत्ता छिन् । उनकाे खोजीका लागि नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली र निकुञ्जको टोली खोजीमा खटिएको छ तर, फेला पार्न सकेकाे छैन । छोरालाई भने सामान्य चोट लागेको छ ।
फेसबुक पेज Like गर्नुहोस