काठमाडौं - नेकपा एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै आफूहरुलाई डुबाए ओलीलाई पनि डुबाउने बताएकी छन् । 

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेता झाँक्रीले बुधबार सामाजिक सञ्जालमार्फत् ओलीलाई दम्भ, अहङ्कार र जिद्दी छोड्नसमेत आग्रह गरेकी छन् । 

‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड।’ उनले लेखेकी छन्, ‘हिन्दीमा एउटा कहावत छ: हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’