काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ दशलमव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ५ प्रतिशत नगद लाभांश सहित कुल १० प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीलाई कर प्रयोजनको लागि ०.५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै बिशेष प्रस्ताव अन्तर्गत कम्पनीको हालको अधिकृत पुँजी १ अर्ब २५ करोडबाट बृद्धि गरी ३ अर्ब कायम गर्ने, चुक्ता पूँजीको ९.५ प्रतिशतले खुद हुन आउने बोनस शेयर बितरण गर्ने, मर्जर सम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।