झापा - छोरोले प्रहार गरेको चिरपटबाट बाबुको ज्यान गएको छ ।

झापाको कमल गाउँपालिका–१ मा प्रकाश थापाले प्रहार गरेको चिरपटबाट उनका ७० वर्षीय बाबु सूर्य बहादुर थापाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रकाशले घरायसी विवादका क्रममा बाबु सूर्य बहादुरलाई चिरपटले हानेका थिए । चिरपट प्रहारबाट बाबुको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।प्रहरीले चिरपट प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।