एमालेको बन्दसत्र फेरि सर्यो, केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै
काठमाडौं - नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र दिउँसो १ बजेका लागि सारिएको छ ।
यसअघि बिहान ७ः३० बजेका लागि तोकिएको बन्दसत्र समय परिवर्तन गरी मध्याह्न १२ बजेका लागि सारिएको थियो ।
आज बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र १ बजेका लागि सारिएको हो । समय सारिए पनि नेता तथा कार्यकर्ताहरू बन्दसत्र स्थलमा भेला हुन थालेका छन् ।
भक्तपुरको सल्लाघारीमा हिजो उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र आज भृकुटीमण्डपमा हुँदैछ ।
अहिले केन्द्रीय कमिटीको यो कार्यकालको अन्तिम बैठक बस्ने तयारी भइरहेको छ ।
महाधिवेशनकै सन्दर्भमा बोलाइएको केन्द्रीय कमिटी बैठकमार्फत अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विभिन्न राजनीतिक तथा संगठनात्मक प्रस्ताव अघि सार्ने तयारी गरेका छन् ।
ती प्रस्तावहरू केन्द्रीय कमिटीबाट पारित भई बन्दसत्रमा पेस गरिने जनाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस