काठमाडौं - इटाली फिफा विश्वकप २०२२ मा छनोट हुन असफल भएको छ ।

युरो २०२० को विजेता इटाली बिहिबार राति भएको विश्वकप छनोट अन्तर्गतको प्ले अफ सेमिफाइनल खेलमा नर्थ म्यासेडोनियासँग स्तब्ध हुँदै छनोट हुन असफल भएको हो । 

इटालीमा भएको खेलमा नर्थ म्यासेडोनियालाई जित दिलाउन एलेकसान्डर ट्राज्कोभास्कीले इन्जुरी समयमा निर्णायक गोल गरे ।

इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको हो ।