दाउन्ने बस दुर्घटनाका घाइतेमध्ये तीन जनाको मृत्यु
काठमाडौं, कावासोती - पूर्वी नवलपरासीको दाउन्नेमा बस दुर्घटनाका घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा ईलाम घर भएकी अन्दाजी २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका– ५ घर भई हाल विनयीत्रिवेणी गाउँपालिका– २ दाउन्ने स्थित गुम्बामा बस्ने अन्दाजी ५७ वर्षकी ज्यामो हिसे छमो ग्याल्मो र भरतपुर महानगरपालिका– २५ बस्ने वर्ष ७२ का हिमलाल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले बताए ।
गिरीका अनुसार दुर्घटनामा परी घाइते भएका मध्ये २ जनाको चितवन स्थित पुरानो मेडिकल कलेज र एक जनाको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचारको क्रममा निधन भएको हो । दुर्घटनामा परि घाईते भएका अन्य २८ जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
पूर्व पश्चिम राजमार्गमा पश्विमबाट पूर्व तर्फ आउँदै गरेको ना ५ ख ७००० नम्बरको बस शनिबार अनियन्त्रित भई सडकदेखि अन्दाजी २०० मिटर तल खसेको थियो । बसमा सवार ३१ जना यात्रुमध्ये ५ जना गम्भीर घाइते भएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस