प्रचण्डको माग अस्वीकार, सर्वोच्चद्वारा पुनरावलोकन नहुने फैसला
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध पुनरावलोकन नहुने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकनको निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहित न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको बेन्चले सुनुवाइकाे अनुमतिको आदेश दिन अस्विकार गरेको हो ।
२०७५ जेठ ३ गते भएको तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई बनेको नेकपालाई गत फागुन २३ गते सर्वोच्चले खारेज गर्दै ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएको थियो । त्यसपछि एमाले र माओवादी केन्द्र व्यूँतिएका छन् ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले गरेको सो फैसलाप्रति असन्तुष्ट रहेका अध्यक्ष प्रचण्डले पुनरावलोकनको निवेदन दिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस