रहेनन् विवेकशील साझाका नेता उज्वल थापा
खबर एक्सप्रेस
२०७८-०२-१८ ०५:३० मा प्रकाशित
Total Shares: 311
काठमाडौं - विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ : २५ मिनेटमा निधन भएको हो ।
४४ वर्षिय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो।
कोभिड संक्रमण भई केही दिनदेखि थापा ह्याम्स अस्पतालमा भर्ना भएका थिए । ह्याम्सबाट उनलाई ग्रान्डी अस्पताल रेफर गरिएको थियो र थप स्वास्थ्य अवस्था जटिल भएपछि जेठ १४ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस