नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७९-०६-०५ ०४:४१ मा प्रकाशित
Total Shares: 205
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४४७ जनाको परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ४८३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १७५ जना संक्रमणमुक्त भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस