प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्म स्थगित
खबर एक्सप्रेस
२०७८-०६-११ ०३:१७ मा प्रकाशित
Total Shares: 287
काठमाडौं - प्रतिनिधिसभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो ।
भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठकमा नेकपा एमालेले अवरोध गर्दै आएको छ ।
यद्यपी, धेरैजसो बैठक भने एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले सञ्चालन गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस