प्रधानमन्त्री ओलीको शल्यक्रिया शुरु
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया शुरु भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि अपरेशन थिएटरमा लगिएको अस्पताल स्रोतले जानकारी दिएको छ । अप्रेसनको कति समय लाग्छ भने यकिन भएको छैन ।
प्रत्यारोपणका लागि उनलाई आवश्यक औषधिहरु दिइएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल नेकपा महासचिव विष्णु पौडेल, नेता आनन्द पोखरेल, मुख्य सचिव लोकदर्शन रेग्मीलगायत त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
फेसबुक पेज Like गर्नुहोस