काठमाडौं - संखुवासभामा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोली चैनपुर–४, मैदानेमा पुगेपछि विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए ।

त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका एक अधिकृतले जानकारी दिए । त्यसबाट कसैलाई क्षति नपुगेको प्रहरीले जनाएको छ।

कार्यकर्ता भागेको स्थानबाट विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोन लगायत बरामद भएको प्रहरीले जनाएको छ ।