काठमाडौं - दोलखामा ४.३ म्याग्‍निच्‍युडको भूकम्प गएको छ ।

दोलखाको सिंगाटीमा बुधबार साँझ ७:१७ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । विस २०७२ को महाभूकम्पपछि सना-ठूला पराकम्पहरु जानेक्रम जारी छ ।

यसअघि फेब्रुअरी २० मा पनि बाजुरा र हुम्लाको सिमानामा ४.३ म्याग्‍निच्युडको भूकम्प गएको थियो ।

सन् २०२० को यो दोस्रो पटकको भूकम्प हो ।