बुटवल - बुटवलस्थित र कोरोना विशेष अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल–१० का ६९ वर्षीय पुरुषको शनिबार बिहान एक बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कोरोना पुष्टि भएपछि गत भाद्र २२ गते अस्पताल भर्ना भएका थिए । 

मृतक पुरुषमा निमोनियाको समस्या देखिएको थियो ।

अक्सिजन दिई उपचार चलिरहेको अवस्थामा श्वासप्रश्वासमा समस्या भर्इ उनको मृत्यु भएको बताइएको छ ।