विप्लवलाई मूलधारको राजनीतिमा आउन प्रधानमन्त्री ओलीको आह्वान
खबर एक्सप्रेस
२०७७-११-०७ ११:२३ मा प्रकाशित
Total Shares: 426
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहलाई मूलधारको राजनीतिमा आउन आह्वान गरेका छन्।
शुक्रबार प्रजातन्त्र दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हिंसात्मक गवितिधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन्। उनले सरकार वार्तामा बस्न तयार रहेकोसमेत बताए ।
उनले अहिलेको सरकारले संविधान नमिच्ने बताएका छन् । ‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन। संविधान मिच्दैन, मिच्न दिँदैन। जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन, भ्रष्टाचार गर्दैन। सुशासन कायम गरेर छोड्छ।’ ओलीले भने ।
फेसबुक पेज Like गर्नुहोस