आज बस्न भनिएको वाग्मती प्रदेशसभाको बैठक स्थगित
खबर एक्सप्रेस
२०७७-११-०५ १०:०८ मा प्रकाशित
Total Shares: 280
काठमाडौं - वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकामा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए। प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो।
फेसबुक पेज Like गर्नुहोस