काठमाडौं - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कार्तिक १४ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई कार्तिक १४ गते अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण कार्यक्रमलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । गुटेरेसले कार्तिक १२ गतेदेखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमणका कार्यक्रम मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार नै संघीय संसद् सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसले कार्तिक १४ गते अपरान्ह ४ बजे सम्बोधन संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको र त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ ।