मन्त्रिपरिषद् बैठक बस्दै: अर्थमन्त्री खतिवडाले राजीनामा दिँदै
काठमाडौं - शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान ११ बजे बस्न लागेको बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्नै तयारी रहेको छ ।
बिहीबार नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
सरकारको तर्फबाट गरिएको सिफारिशका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ । संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले तीन जना सदस्य नियुक्त गर्ने प्रावधान रहेको छ ।
यस्तै आजको बैठकमा अर्थ तथा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले राजीनामा दिँदैछन् । उनको खतिवडाको कार्यकाल भदौ २० गतेबाट सकिँदैछ ।
फेसबुक पेज Like गर्नुहोस