नक्कली सुन र पेस्तोल फालेर भाग्ने तीनजना पक्राउ
काठमाडौं - राजधानीको कमलादीमा नक्कली सुन र दुई वटा पेस्तोल फ्याँकेर भाग्ने तीन जना पक्राउ परेका छन् । प्रकाउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया रहेका छन् । उनीहरुलाई प्रहरीले नवलपरासीको दुम्कीबासबाट प्रकाउ गरेको हो ।
स्कार्पियोबाट सामान ल्याएका उनीहरुले कमलादीबाट प्रहरीले पिछा गरेपछि अर्के गाडी भाडामा लिएर नवलपरासी पुगेको स्रोतले बताएको छ ।
मंगलबार बिहान कमलादीमा प्रहरी चेकिङको क्रममा एक स्कार्पियो नरोकिएपछि प्रहरीले पिछा गर्दा सुन जस्तो देखिने पहेँलो धातु र दुई वटा पेस्तोलसहितको झोला फ्याँकेर भागेको थियो । यद्यपी, सुरक्षाकर्मीको ठुलो संख्या रहेको कमलादी क्षेत्रबाट प्रहरीले पक्राउ गर्न सकेन ।
कमलादीबाट '१५ किलो सुन र पेस्तोल बरामद' गरेको सूचना प्रहरीले बाहिर ल्याएको थियो । तर, परिक्षण गर्दा आधा किलो मात्र सक्कली सुन थियो । यस घटनाबारे छानबिन गर्न एसएसपी सुशिलकुमार यादवको संयोकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस