काठमाडौंका यी स्थानमा आज पनि सवारी आवागम प्रभावित
खबर एक्सप्रेस
२०८०-०६-१२ ०८:५४ मा प्रकाशित
Total Shares: 213
काठमाडौं-काठमाडौंका विभिन्न स्थानमा आज पनि सवारी आवागमनमा रोक लगाइएको छ । इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमनमा रोक लगाइएको हो ।
काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ ।
आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहनल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।
जात्राको विशेष दिनहरूमा जात्रा हुने स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाइएको महानगरको सूचनामा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस