काठमाडौं - निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भइनसकेको जनाएको छ । 

केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो । तर, शुक्रबार अपरान्ह ४ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय नगरेको आयोगका  सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । 

बाहिर सार्वजनिक भएजस्तो आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय नगरेको जानकारी दिएका उनले आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दल दर्ताको मान्यता दिने संकेत भने गरेका छन् ।