कोरोना संक्रमणबाट काभ्रेमा थप एक जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०६-०६ १०:२३ मा प्रकाशित
Total Shares: 236
बनेपा - कोरोना भाइरसको सङ्क्रमणबाट काभ्रेमा थप एक जनाको मृत्यु भएको छ ।
पनौती नगरपालिका ५, चौकोटकी ५० वर्षीया महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको हो ।
मृतकको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको बताइएको छ ।
योसहित काभ्रेमा तीन महिला र दुई पुरुष गरी ५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस