सुर्खेत - कर्णाली प्रदेशमा एकै दिन १९१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । मङ्गलबार प्रदेशका बिभिन्न अस्पतालबाट उक्त संख्यामा संक्रमितहरु डिस्चार्ज भएका हुन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले दिएको जानकारी अनुसार दैलेखको जिल्ला अस्पतालबाट १२० जना, दुल्लु अस्पतालबाट २७ जना र सल्यान अस्पतालबाट ४१ जना र सुर्खेतस्थित प्रदेश अस्पतालबाट तीन गरी कुल १९१ जना डिस्चार्ज भएका छन् । महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले यसअघि विभिन्न समयमा गरी १५१ जना डिस्चार्ज भई घर गइसकेको जानकारी दिएका छन् ।

यससँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भई घर फर्कनेको सङ्ख्या ३४२ पुगेको छ ।