समानुपातिकका लागि रास्वपाले गर्यो आवेदन आह्वान
खबर एक्सप्रेस
२०८२-०७-२४ १०:३८ मा प्रकाशित
Total Shares: 118
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फका उम्मेदवारका लागि आवेदन आह्वान गरेको छ । शनिबारदेखि इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरिएको हो ।
रास्वपाले उम्मेदवार छनोटका लागि नयाँ पुस्तालाई प्राथमिकता दिने नीति तय गरेको छ । पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेन–जीको स्पिरिटको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै २५ देखि ४० वर्ष उमेर समूहका युवाका लागि जनसंख्या अनुपातअनुसार २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस