काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम थियो । तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।