एनएमबी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
खबर एक्सप्रेस
२०७८-०९-०८ ०३:५८ मा प्रकाशित
Total Shares: 248
काठमाडौं - बिहीबार एनएमबी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ शुक्रबार बुक क्लोज गर्दै छ ।
९ र १० पुसमा शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ । यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ ।
एनएमबीले गत आर्थिक वर्षको नाफाबाट २१ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्न २६ पुसमा नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा होटल पोखरा ग्रान्ड, पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस