काठमाडौं - नेपाल कोरोना भाइरसको उच्च जोखिमा रहेको विश्व स्वास्थ्य संगठनले रिपोर्ट निकालेसँगै नेपालमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अर्को निर्णय नहुन्जेलसम्मका लागि काठमाडौँ  बासिन्दालाई अत्यावश्यक काम परेका बेलामात्र घरबाहिर निस्कन आग्रह गरेका छन् ।

‘बुधबार जिल्ला सुरक्षा समितिको बैठक राखेर तत्काललाई काठमाडौँमा कुनै पनि सभा समारोह ठूलो जमघटन नगर्न र नगराउन तथा भिडभाड नजान काठमाडौँ नागरिककलाई आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘अर्को निर्णय नहुन्जेलका लागि हामीले कुनै पनि सभारसमारोहका लागि अनुमति माग्न आएकालाई पनि हामीले अनुमति दिएका छैनौँ ।’