आज थप ३०० जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७९-०५-२१ ०४:५४ मा प्रकाशित
Total Shares: 190
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट १२३ जनामा गरी ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १२४ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ४५७ पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस