काठमाडौं - बिगबोस सिजन १३ सुरु भएको छैन । तर, यसको चर्चा सुरु भइसकेको छ । कहिले प्रतिस्पर्धीका कारण त कहिले सलमान खानको पारिश्रमिकका कारण ।

केही समय पहिले खबर आएको थियो कि सिजन १३ का लागि सलमान खानले चार सय करोड भारु पारिश्रमिक लिइरहेका छन् । तर, यो हल्ला गलत साबित भएको छ ।

पिंकभिल्लाको रिपोर्टअनुसार सलमान खानको पारिश्रमिक दुई सय करोड भारुको हाराहारी छ । उनले हरेक साता १३ करोड पारिश्रमिक लिनेछन् ।

जसअनुसार सलमानको पूरा सिजनको पारिश्रमिक एक सय ९५ देखि दुई सय करोड हाराहारी हुनेछ । सलमानले सिजन १० मा ११ करोड प्रतिहप्ता पारिश्रमिक बुझेका थिए ।