आईटी क्षेत्रमा काम गर्नेलाई सरकारले २ लाख तलब दिन्छ, यो सुखद् कदम हो : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि क्षेत्रमा काम गर्नेलाई २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमा उनले आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको जानकारी दिएका हुन् ।
उनले यसबाट अनलाइनमार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुने बताए।
सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने उनको विश्वास छ। आईटी पढेका नशक्तिका लागि यो सुखद् कदम भएको उनको भनाई छ।
‘सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ, ’ प्रधानमन्त्री ओलीले भने, ‘यसबाट अनलाइन मार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ। यसले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउने छ। आईटी पढेको हाम्रो जनशक्तिका लागि यो सुखद् कदम हो।’
सरकारले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस