सहकारी ठगीमा धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
खबर एक्सप्रेस
२०८१-०७-१४ ०४:५५ मा प्रकाशित
Total Shares: 30
पोखरा - गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान हुने बताएका छन्।
बुधबार पोखरामा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । मुख हेरेर नभई तथ्य प्रमाण हेरेर सहकारी ठगी प्रकरणमा अनुसन्धान हुने गृहमन्त्री लेखकले बताए ।
गृहमन्त्री लेखकले भने,‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ । यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’
उनले नयाँ पुरानो जो भए पनि छानबिन समितिले सिफारिस गरेका व्यक्तिहरुमाथि अनुसन्धान हुने बताए ।
जुन पार्टीका नेता भए पनि नाम जोडिएपछि अनुसन्धान गर्न सरकारनडराउने गृहमन्त्री लेखकको भनाई छ ।
फेसबुक पेज Like गर्नुहोस